सुदूरपश्चिम प्रहरीका घुमुवा सिपाहीमाथि टाउके बजारमा कुटपिट

|

कैलाली । सुदूरपश्चिम प्रहरीका घुमुवा प्रहरी कञ्चनपुरमा कुटिएका छन् ।

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहराले हालैगठन गरेको आरआइटी समूहका एक सिपाही कुटिएका हुन् ।

सोमबार जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ टाउके बजारमा आरआईटीमा कार्यरत प्रहरी जवान रञ्जित साउँदलाई स्थानीय युवाले मोटरसाइकल चेकजाँच गर्दै दुःख दिएको भन्दै कुटेका हुन् ।

साउँदले मदिरा सेवन गरेर आफू डीआईजी बोहराको मान्छे भन्दै सादा पोशाकमा मोटरसाइकल चेकजाँच गर्दै लाइसेन्स र ब्लुबुक मागेर हैरान गर्न थालेपछि हातपात भएको बताइएको छ । तर यस विषयमा प्रदेश प्रहरी र कञ्चनपुर प्रहरीले कुनै पनि प्रतिक्रिया दिएको छैन् ।

२०८० भाद्र ३, आईतवार २१:०१ प्रकाशित

चर्चित समाचार


भर्खरै प्रकाशित